धनगढीको अस्पतालमा युवतीको मृत्यु, लापरबाहीको आरोपपछि तनाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

धनगढी, जेठ २० — कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत एक युवतीको मृत्यु भएपछि चिकित्सकीय लापरबाहीको आरोप लागेको छ।

गोदावरी नगरपालिका–६ लालपुरकी २२ वर्षीया सनम बि.क.को उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार टन्सिलको शल्यक्रिया गराइएकी उनलाई पछि स्वास्थ्य जटिल बनेपछि पुनः अस्पताल भर्ना गरिएको थियो।

डिस्चार्जपछि घर फर्किएकी उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि पुनः अस्पताल ल्याएर आईसीयूमा राखी उपचार भइरहेको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

मृत्युपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै अस्पतालमा विरोध गरेका छन्। उनीहरूले छानबिन गरी दोषीमाथि कारबाही र परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *