जुम्लामा भालुको आतंक, किसानका आठ भेडा नष्ट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

जुम्ला, जेठ १९ — जुम्लाको गुठीचौर गाउँपालिका–४ थामबाडा क्षेत्रमा भालुको आक्रमणबाट आठ वटा भेडा मरेका छन्।

स्थानीय किसान नरेन्द्र अधिकारीको गोठमा राति पसेको भालुले भेडामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनामा पाँच भेडा अझै हराइरहेका छन् भने २९ वटा भेडा सुरक्षित रहेका छन्।

भेडा नष्ट हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *