सुर्खेतमा ठूलो परिमाणको सुन बरामद, व्यवसायी हिरासतमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

सुर्खेत, जेठ १९ — सुर्खेत प्रहरीले करिब तीन करोड रुपैयाँ मूल्य बराबरका सुनचाँदीका गहनासहित एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ।

वीरेन्द्रनगरस्थित एक गहना पसलमा गरिएको कारबाहीका क्रममा श्यामसुन्दर अग्रवाल पक्राउ परेका हुन्। प्रहरीका अनुसार घटनास्थलबाट ठूलो परिमाणमा सुनचाँदीका गरगहना, नेपाली तथा भारतीय मुद्रा र नगद गणना गर्ने उपकरण समेत बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *