|
२०८३ जेष्ठ १९
काठमाडौं, जेठ १९ — हिमालय एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई थप सुदृढ बनाउँदै जेठ २१ गतेदेखि काठमाडौं–शेन्जेन सिधा उडान सेवा सुरु गर्ने भएको छ।
कम्पनीका अनुसार नयाँ गन्तव्यमा सातामा दुई पटक नियमित उडान सञ्चालन हुनेछ। चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र मानिने शेन्जेनसँगको प्रत्यक्ष हवाई सेवाले पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
एयरलाइन्सले यात्रुको मागअनुसार भविष्यमा उडान संख्या बढाउने योजना समेत रहेको जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्