|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत प्रस्थान गर्ने भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुने भ्रमणका लागि उनी पार्टीका केही नेतासहित नयाँ दिल्ली जान लागेका हुन्।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरासमेत सहभागी छन्। भारत बसाइका क्रममा लामिछानेले भाजपा नेतृत्व तथा भारतीय सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
निकट स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटघाटको सम्भावना रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्