लुम्बिनी क्षेत्रको पर्यटन उकास्न बुद्ध परिपथ परियोजना सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

भैरहवामा बुद्ध परिपथ निर्माणका लागि चार स्थानीय तहसँग विकास साझेदारी सम्झौता भएको छ। विश्व बैंकको सहयोगमा सञ्चालन हुने यस परियोजनाले लुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदह क्षेत्रमा पर्यटन पूर्वाधार विस्तार गर्नेछ।

करिब १२ अर्ब ६६ करोड रुपैयाँ लागतको परियोजनाबाट धार्मिक तथा ऐतिहासिक स्थल संरक्षण, पदमार्ग निर्माण, सरसफाइ सुधार र स्थानीय युवालाई रोजगारीका अवसर प्रदान गरिनेछ। पाँच वर्षसम्म सञ्चालन हुने परियोजनाले पर्यटकको बसाइँ अवधि बढाई स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *