|
२०८३ जेष्ठ १७
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् भने त्यसमा दर्ता भएका संशोधन प्रस्तावहरू पनि निर्णयार्थ पेश गरिनेछन्।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकसम्बन्धी तेस्रो संशोधन विधेयक संसद्मा दर्ताका लागि अनुमति माग्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुई महत्वपूर्ण श्रमसम्बन्धी दस्तावेज पनि पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्