|
२०८३ जेष्ठ १४
काठमाडौं, जेठ १४ — इजरायली सेनाले दक्षिणी लेबनानका बासिन्दालाई क्षेत्र खाली गर्न चेतावनी दिएको छ। नयाँ सैन्य कारबाहीअघि उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै मानिसहरूलाई जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरिएको हो।
इजरायलले हिज्बुल्लाहमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। पछिल्लो आदेशले लेबनानको ठूलो भूभाग प्रभावित हुने बताइएको छ।
यसअघि इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो भने हिज्बुल्लाहले पनि इजरायलमाथि युद्धविराम तोडेको आरोप लगाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्