|
२०८३ जेष्ठ ८
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले २३–२४ भदौमा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
‘राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन खोइ ?,’ सभापति थापाले भने, ‘सरकारले प्रतिवेदन सार्वजनिक गर्नैपर्छ ।’
उनले २४ भदौका दोषी कानुनी कठघरमा आउनुपर्नेमा जोड दिए ।
उनले सरकारले एक सय दिनमा गर्ने कामको सूची पनि स्मरण गराए । ‘जे–जे मन लाग्यो, त्यो सय दिनमा गर्दै जाने ?,’ सभापति थापाले भने, ‘मन नपरेको कुरा हजार दिनमा गर्ने सुविधा छैन ।’
सभापति थापाले संख्याको दम्भ देखाएर संविधानविपरीत गए कांग्रेस उभिने बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्