|
२०८३ जेष्ठ ५
काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् ।
संसदीय सुनुवाइ समितिको आजको बैठकमा शर्माउपर परेका उजुरी र उनका कार्ययोजना अध्ययन गर्न समय माग्दै पुनले सुनवाइ एक दिन पछि सार्न उपयुक्त हुने धारणा राखेका हुन् ।
शर्माको सुनुवाइ आजै गर्ने तयारी अनुसार समितिको बैठक बसिरहेको छ । अहिले शर्माउपर परेका १६ वटा उजुरी र उनका कार्ययोजना सदस्यहरुलाई वितरण गरिएको छ ।
संसदमा प्रिबजेट छलफल चलिरहेकाले त्यहाँ पनि जानुपर्ने भएकाले भोलि सुनुवाइ गर्न पुनले माग गरेका हुन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्