|
२०८३ जेष्ठ ३
काठमाडौं । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभा गरेको छ ।
तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा एमाले केन्द्रीय कार्यालयले मदननगर बल्खुमा स्मृतिसभा गरेको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएकी छन् ।
कार्यक्रममा पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् ।
सहभागीहरूले मदन र जीवराजको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्