अर्घाखाँचीमा बस दुर्घटना हुँदा मृत्यु हुने संख्या ४ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २९

काठमाण्डौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्य २७ जना घाइते छन् ।

सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी-८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका-१९ की ७८ वर्षीया राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका ५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेको र्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीले बताए ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।

अर्घाखाँची अस्पतालका घाइतेलाई पनि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ ।

घटनामा अधिकांश मोदी गाउपालिका पर्वतका मानिसहरू परेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *