नेकपाले प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २८

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो बसेको पार्टीको संघीय संसदीय दलको बैठकले आजबाट सुरु हुने संसद् अधिवेशनमा पार्टीले गर्ने विविध विषयमा छलफल भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

उनका अनुसार संसद् अधिवेशनमा सुकुमवासी समस्याको अविलम्ब प्रभावकारी समाधान गर्नुपर्ने लगायतका विषय पनि नेकपाले उठाउनेछ ।

त्यस्तै सरकारले ल्याएका अध्यादेश, प्रधानन्यायाधीश नियुक्ति लगायतका सवालहरूबारे पनि छलफल भएको दुलालले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *