राष्ट्रिय सभाबाट अध्यादेश रोक्ने विपक्षी दलहरूको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २८

काठमाडौँ । सरकारले ल्याएको अध्यादेशहरू राष्ट्रिय सभाबाट रोक्न विपक्षी दलहरुले गृहकार्य बढाएका छन् ।

नेताहरूका अनुसार राष्ट्रिय सभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच लगभग सहमति जुटिसकेको छ । तर सबै अध्यादेश रोक्ने अथवा केही अध्यादेश मात्र भन्नेमा टुंगो लागिसकेको छैन ।

प्रक्रियाका हिसाबले सबै अध्यादेशप्रति असहमति जनाउनुपर्ने तर्कमा नेताहरू सहमत छन् । तर कतिपय अध्यादेशका प्रावधान र लाभग्राही पक्षलाई हेर्नुपर्ने मत पनि यी दलहरूमा देखिएको छ ।

संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेशलाई भने राष्ट्रिय सभामा रोक्न तीन वटै दल सहमत छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले राज्यको शक्ति सन्तुलन र लोकतान्त्रिक अभ्यास अस्वीकार गर्ने उनीहरुको निष्कर्ष छ ।

प्रमाणीकरण भएको अध्यादेश बमोजिम अध्यक्ष र कम्तिमा तीन जना भए गुणपुरक संख्या मानिने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *