रास्वपाको वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेज गरिएको शिक्षामन्त्री पोखरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २५

काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले रास्वपाको चुनावी वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताएका छन् ।

शुक्रबा सिंहदरबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले रास्वपाको वाचापत्र निर्वाचनमार्फत जनताबाट अनुमोदन भएको र सोही अनुसार विद्यार्थी संगठन खारेज गरेको बताएका हुन् ।

जनताको अनुमोदनअनुसार नै विद्यार्थी संगठन खारेज भएकालेले त्यो विषयमा थप बहस आवश्यक नभएको उनले बताए ।

अर्को प्रसंगमा उनले विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *