सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विरोधमा बुटवलमा विरोध प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विरोधमा बुटवलमा विरोध प्रदर्शन भएको छ। बिहीबार नेपाल भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास सङ्घर्ष समिति रुपन्देहीको आयोजनामा डोजर आतङ्क विरुद्ध प्रदर्शन भएको हो।

‘हाम्रो कर वैध, हाम्रो मत (भोट) वैध,हामी कसरी अवैध बालेन सरकार’ भन्दै विरोध प्रदर्शन गरिएको हो । सरकारले सुकुमबासी बस्तीहरू हटाइरहेको छ। उपत्यकाका थापाथली,टेकु, अनामनगर,मनोहरा लगायत क्षेत्रका बस्ती हटाइसकेको छ । स्थानीय तहहरूलाई पनि सार्वजनिक जग्गाको संरक्षण गर्न भन्दै पत्राचार गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *