नेविसंघलाई विधान दिन आग्रह, नत्र केन्द्रीय कार्यसमिति भंग गर्न शेर्पाको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ७

काठमाण्डौँ । नेपाल विद्यार्थी संघ ९नेविसंघ०का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेससँग संगठनको विधान तत्काल उपलब्ध गराउन माग गरेका छन् । स्थापना दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले विधान अभावका कारण १२औँ महाधिवेशन अघि बढ्न नसकेको बताए ।

अध्यक्ष शेर्पाले नेविसंघले प्रस्तुत गरेका एजेन्डामाथि पार्टीले शीघ्र छलफल गरी पारित गर्नुपर्नेमा जोड दिए । उनले एक महिनासम्म पनि ठोस निर्णय नआएको भन्दै असन्तुष्टि जनाए ।

यदि विधान दिन नसकिए वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेर नयाँ निकास दिन पनि उनले पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । साथै, विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी निर्णयबारे नेपाली कांग्रेसले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *