काठमाण्डौँ । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि गत १९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ ले विभिन्न निकायमा नियुक्त १५९४ जना पदाधिकारीलाई पदमुक्त गरेको थियो । उक्त निर्णयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति लगायत पदाधिकारी र सदस्यहरू पदमुक्त भएका थिए, तर वीर अस्पतालका निर्देशक भने त्यसबाट प्रभावित भएका थिएनन् ।
डा. शर्माले आफ्नो राजीनामा स्वेच्छिक भएको स्पष्ट पार्दै नयाँ सरकारलाई आफ्नो हिसाबले काम गर्ने वातावरण बनोस् भनेर मार्ग प्रशस्त बताएका छन् ।
डा. शर्मा २७ फागुन २०८१ मा तत्कालीन उपकुलपति भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा निर्देशक पदमा नियुक्त भएका थिए। उनको कार्यकाल दुई वर्षका लागि तोकिएको थियो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्