पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने रास्वपाको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । ंराष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने भएको छ ।

‘रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिका स्तरसम्म विस्तार गर्दै नितिगत कामहरु गरि रहेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले बताइन् ।

उनका अनुसार अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी होइन । यो स्वास्थ्य प्रणालीकै कमजोरी हो ।

यस सन्दर्भमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या विभागमार्फत काम गर्दैछ । स्वास्थ्य नीतिमा आमुल परिवर्तन ल्याउनका लागि विभागमार्फत काम गरिने डा।कार्कीले जानकारी दिइन् ।

यस निम्ति विज्ञहरू र विभागीय सदस्यहरू समेत चाहिएको उनले बताइन् । नेपालको स्वास्थ्य अवस्था बदल्नका निम्ति सबै एक हुन आवश्यक रहेको भन्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्स्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोडन आह्वान गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *