काठमाण्डौं । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी९जसपा०ले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० आन्तरिक विवादमा नफसे पाँच वर्ष सरकार चलाउन सक्ने विश्लेषण गरेको छ । अध्यक्ष राईको अध्यक्षतामा दुई दिनसम्म चलेको जसपाको बैठकले यस्तो विश्लेषण गरेको हो । बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित पनि गरेको जसपाले जनाएको छ ।
जसपाले अनुभवहीन युवाहरूको मन्त्रिमण्डलले गर्ने कामकारबाही भने कच्चा देखिएको टिप्पणी गरेको छ । ‘सरकारका कतिपय निर्णयहरू कच्चा देखिएको र न्यायालयले उल्ट्याउने वा आफैँ फिर्ता लिनुपर्ने अवस्थाले बिहानीले दिनको संकेत गर्छ भनेझैँ पनि भएको छ’, प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘नियुक्त मन्त्रीहरूले महिना दिन पनि नपुग्दै बर्खास्त हुनुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था आउनु पनि काँचोपनाको गम्भीर अभिव्यक्ति हो ।’ तथापि सरकारले सार्वजनिक गरेका नीतिहरूप्रति जसपाले शंकाको सुविधा दिएको छ ।
यस्तै बैठकले भूमिहीन सुकुमवासीहरूको घरबस्तीका डोजर लगाएर खाली गराएकोप्रति खेद प्रकट गरेको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्