×

देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा छः प्रचण्ड

साउन ३०, २०७८ | दाक्सु मिडिया

काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याउनुभएको छ । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उहाँको विश्लेषण छ ।

आजदेखि काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको बैठकमा ब्रिफिङ गर्दै प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको उहाँले बताउनुभयो । परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताउनुभएको छ ।

‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भन्नुभयो, ‘ यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन ।’

उहाँले सरकार गठन भएको एक महिनासम्म मन्त्रिमण्डल विस्तार नहुनुमा माओवादी पार्टीको कुनै दोष नरहेको बताउनभुयो । प्रधानमन्त्रीले नाम माग्नासाथ स्थायी कमिटीको बैठक राखेर मन्त्रीका नाम दिन सक्ने प्रचण्डको तर्क छ ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण बताउँदै प्रचण्डले भने, ‘कहिले जसपाको आधिकारिकता विवाद त कहिले एमालेको अन्तरसंघर्षले स्वरूप लेओस् भनियो ।अहिले प्रधानमन्त्री आफैँले काँग्रेस कार्यसमितिको बैठकपछि गरौँ भन्नुभएको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: