रास्वपाको नेतृत्वमा ‘निलो क्रान्ति’ सम्पन्न भएको एमाले नेता रामबहादुर थापा बादलको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादल ले भदौ २३ र २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी को अघोषित नेतृत्वमा अवैधानिक ढङ्गले ‘रङ्ग क्रान्ति’ सम्पन्न भएको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य दिँदै उनले उक्त कुरा बताएका हुन् । उनले फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत उक्त ‘निलो क्रान्ति’लाई वैधानिकता प्रदान गरिएको समेत उल्लेख गरे ।

उनका अनुसार, फागुन १३ गते धार्मिक अनुष्ठानबीच बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गराइएको थियो ।

यस विजयमा कसको भूमिका रहेको भन्ने सन्दर्भमा उनले नेपाली सेना, बारबरा फाउन्डेसन लगायत संस्थाहरूको निर्णायक भूमिका रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे ।

त्यसैगरी उनले बाह्य शक्तिहरू—टिओभी, एआई लगायतले संविधान र शान्तिका पक्षधरलाई नकारात्मक रूपमा चित्रण गर्दै खल पात्रलाई महानायकका रूपमा प्रस्तुत गरेको आरोप समेत लगाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *