|
२०८३ बैशाख १४
काठमाण्डौँ । नेपाली कांग्रेस गोरखाका जिल्ला उपसभापति इमानसिंह बस्नेतमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
उनले कांग्रेसप्रति अभिरुचि बन्द भयो भन्दै फेसबुक स्टाटस लेखेका थिए ।
यद्यपि, उनले अहिले सो स्टाटस हटाइसकेका छन। तर, पार्टीको अनुशासन समितिले ३ दिने स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरणमा भनिएको छ, ‘तपाईँले उक्त पोस्ट किन गर्नुभएको हो,, यस्तो गैर जिम्मेवार अभिव्यक्तिले पार्टी अनुशासन उल्लंघन भए वापत तपाईँलाई कारबाही किन नगर्ने ?’
तोकिएको समयमा चित्तबुझ्दो जवाफ नआए पार्टीको विधान र नियमावली अनुसार कारबाही प्रक्रिया अघि बढ्ने उल्लेख छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्