सेजमा जग्गाको भाडादर घटेसँगै अनुमति लिन उद्योगीको भिड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाडौं । सिमरा विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’मा जग्गाको भाडादर घटेपछि उद्योगीको भिड लागेको छ ।

सरकारले चालु आर्थिक वर्षको पुसदेखि लागु हुनेगरी जग्गाको भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेको हो । सरकारको यो निर्णयले पछिल्लो समय सेजमा उद्योग सञ्चालनका लागि अनुमति लिन आउने उद्योगीको भिड लागेको जनाइएको छ ।

सिमरा सेजका साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीले जग्गाको भाडादर ७५ प्रतिशतले घटेसँगै उद्योगीहरूको चाप ह्वात्तै बढेको बताए ।

सिमरा सेजको ‘ए ब्लक’ मा १०५ वटा ब्लक छन् । प्रतिब्लक १७ कट्ठादेखि १ बिघा क्षेत्रफलको छ । ए ब्लकको ३४३ बिघा क्षेत्रफलमध्ये बाँकी जग्गामा भने उद्योग मन्त्रालयले ५ अर्ब भन्दा बढीको लगानीमा सेजको कार्यालय, बैंक, बीमा, भन्सार, सभाहल लगायतका संरचना निर्माण गरेको छ ।

इन्जिनियर गिरीले ए ब्लकमा ६ वटा उद्योग ३ वर्षदेखि सञ्चालनमा रहेको, १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको र थप १३ वटा उद्योगले अनुमति लिएर सम्झौताको प्रक्रियामा रहेको जनाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Emery3966

    April 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *