|
२०८३ बैशाख ८
काठमाण्डौँ । नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार पारेको छ ।
महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ । तर अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन ।
यसअघि एमालेले पार्टीका हरेकजसो ब्यानरमा ओलीको तस्वीर राख्ने गरेको थियो । नेताहरूका अनुसार भोलि मनाइने स्थापना दिवसमा ओली आउनेबारे समेत निश्चित छैन ।
‘केही नेताहरूले सम्बोधन गरेर सामान्य तरिकाले स्थापना दिवस मनाउने तयारी भइरहेको छ । अघिल्ला वर्षहरूमा एमालेले स्थापना दिवसलाई भव्य रूपमा मनाउने गरेको थियो ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्