वीरगञ्जमा सडक चौडा बनाउने अभियान सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ६

वीरगञ्जको मुख्य सडक विस्तारको काम आइतबार बिहानैदेखि अगाडि बढाइएको छ। लामो समयदेखि विवादमा अड्किएको यो योजना अब कार्यान्वयन चरणमा प्रवेश गरेको हो।

त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकलाई दायाँ–बायाँ २५ मिटरका दरले फराकिलो बनाउने लक्ष्य राखिएको छ। कामलाई तीव्रता दिन विभिन्न स्थानबाट एकैपटक डोजर र अन्य उपकरण प्रयोग गरिएको छ।

प्रशासनले सडक क्षेत्रमा पर्ने घरटहरा हटाउने प्रक्रिया पनि सुरु गरिसकेको छ। यसका लागि स्थानीय तह, प्रहरी र सम्बन्धित निकायबीच समन्वय गरिएको जनाइएको छ।

यसअघि सर्वोच्च अदालतको फैसलापछि कानुनी अड्चन हटेको र त्यससँगै झन्डै दशक लामो प्रतीक्षा अन्त्य गर्दै सडक विस्तार अघि बढाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *