काठमाण्डौँ । पार्टीको आन्तरिक अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा राप्रपाका दुई नेतालाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।
पार्टी अनुशासन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
समितिका सदस्य भक्ति सिटौलाका अनुसार उनीहरुको पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा उछिनेको र अनुशासनको दायरा नाघेको आरोप छ । विशेषगरी, चुनावका बेला पार्टीको निर्णय विपरीत अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा मर्यादाविपरीत टिप्पणी गर्ने कार्यलाई अनुशासनको गम्भीर उल्लंघन मानिएको छ ।
पार्टीको अनुसन्धान तथा अनुशासन समितिले ती दुई नेताले पार्टीको प्रतिष्ठामा आँच आउने गरी गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई ७२ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो ।
यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा उनीहरूलाई पार्टीबाट निलम्बन वा निष्कासनसम्मको कारबाही हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्