सम्धीलाई अवसर दिने निर्देशक रिजालको योजना असफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २

काठमाण्डौँ । नेपाल वायुसेवा निगम भित्र नातावाद र अनियमितताको आरोप सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हस्तक्षेप गरेको छ ।

अपरेसन विभागका निर्देशक क्याप्टेन सुवास रिजालले आफ्ना सम्धी रोशन कोइरालालाई नियम मिचेर वैदेशिक तालिममा पठाउने प्रयास असफल भएको हो । मलेसियाको क्वालालम्पुरमा हुने एयरबस ए–३२० तालिमका लागि तय गरिएको कोइरालाको नाम अन्तिम समयमा हटाइएको छ ।

उनको स्थानमा लामो समयदेखि पालो पर्खिरहेका क्याप्टेन प्रचण्ड श्रेष्ठ चयन भएका छन् भने को–पाइलटका रूपमा रविन केसी पनि सहभागी हुनेछन् ।

समाचार सार्वजनिक भएपछि मन्त्रालयको निर्देशनमा निगमले छानबिन गरी निर्णय उल्ट्याएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *