काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज साँझसम्म वार्डमा सार्ने तयारी भइरहेको छ ।
गत सोमबार पित्तथैलीमा भएको ढुंगा निकालेदेखि ओली आईसीयूमा उपचाररत छन् ।
ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्था सामान्य नै छ ।
ती चिकित्सकका अनुसार ओलीले अझै तीन चार दिन अस्पताल बस्नुपर्ने हुन्छ ।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्