कांग्रेसको हार विश्लेषण : अन्तर्घातदेखि जनलहरसम्म प्रश्नै प्रश्न

DaksuMedia दाक्सु मिडिया
|
बैशाख २, २०८३

प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसले देशभर प्रदेशस्तरमा समीक्षा अभियान तीव्र बनाएको छ। मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न कार्यक्रमहरूमा नेताहरूले हारका विविध कारण औंल्याएका छन्।

समीक्षामा मुख्यतः पार्टीभित्रको अन्तर्घात, नेताहरूबीच असहयोग, र नयाँ राजनीतिक लहर समयमै नबुझ्नु प्रमुख कमजोरीका रूपमा उठेको छ। कतिपय नेताले उम्मेदवारको पक्षमा सक्रिय रूपमा काम नगरेको आरोपसमेत लगाइएको छ।

पार्टी सभापति गगन थापाले संगठनलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले सबै पक्षलाई समेटेर पार्टीलाई सुदृढ बनाउने संकेत गरेका छन्।

समीक्षामा अनुशासन कायम गर्न अन्तर्घात गर्नेहरूलाई कारबाही गर्नुपर्ने, क्रियाशील सदस्यता प्रणाली सुधार गर्नुपर्ने तथा पार्टीभित्र एकता अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *