नयाँ वर्ष २०८३ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा सबै पक्षले संवैधानिक समाधान खोज्न अपिल

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ३०, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक समाधान खोज्न विलम्ब नगर्न सबै पक्ष संकल्पित हुनुपर्ने बताएका छन् ।

आज नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन नहुने बताए । निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुने बताउँदै पूर्वराजा शाहले सबै पक्षको माग सम्बोधन हुनेगरी संवैधानिक समाधानबारे सोच्नुपर्ने बताए ।

‘निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन । जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं,’ शाहले भनेका छन् ।

उनले राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा निकै हेरफेर भएको भएपनि त्यो कोरा परिवर्तनमात्रै भएको टिप्पणी गरेका छन् ।

साथै, देश प्रयोगशाला मात्रै भएको भन्दै राष्ट्र निर्माणमा पछि परेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *