एमाले अध्यक्ष ओलीको टिचिङ अस्पतालमा आज शल्यक्रिया

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ३०, २०८२

काठमाण्डौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गरिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया हुन लागेको अस्पतालका निर्देशक डा.सुवास आचार्यले जानकारी दिए ।

अस्पताल स्रोतका अनुसार डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको ओलीको २२ एमएमको ढुंगा निकाल्नेछ ।

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएका कारण उनी सोही दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *