सभामुख अर्यालको प्रतिबद्धता: निष्पक्ष नेतृत्व र तीव्र कानुन निर्माणमा जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २९

काठमाडौँ, चैत्र २९: सभामुख डोलप्रसाद अर्यालले आफू निष्पक्ष र तटस्थ रहेर देश र जनताको हितमा काम गर्ने बताएका छन्।

पत्रकार भेटमा उनले कानुन निर्माण तथा कार्यान्वयनमा इमान्दार र निष्पक्ष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। संविधान संशोधन र नयाँ कानुन निर्माणलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।

जनताले छिटो लाभ पाउने गरी ‘फास्ट ट्र्याक’ बाट कानुन निर्माण प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे। साथै, बूढीगण्डकी आयोजना कार्यान्वयनका लागि सरकारलाई दबाब दिइरहने उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *