विमानस्थलमा अब ‘हुलमुल’ निषेध: एक यात्रुलाई बिदाइ गर्न ३ जना मात्र जान पाइने

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २७, २०८२

विमानस्थल पुग्दा लाग्ने मेला जस्तो भीडलाई नियन्त्रण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) प्रशासनले कडा कदम चालेको छ। एकैजना यात्रुलाई बिदाइ गर्न परिवारका १०–१५ जनासम्म पुग्ने नेपाली सँस्कृतिले विमानस्थलमा सुरक्षा जोखिम र सास्ती बढाएपछि प्रशासनले यस्तो कडाइ गरेको हो।

अब एकजना यात्रुलाई छोड्न बढीमा ३ जना मात्र विमानस्थल जान पाउनेछन्।एकै यात्रुको बिदाइमा ठूलो समूह जाँदा आवागमनमा अवरोध र सुरक्षा जाँचमा कठिनाइ भएको छ।विमानस्थल कार्यालयले स्वदेशी तथा विदेशी पर्यटकको सहजताका लागि अनावश्यक भीड नगर्न र घरबाटै बिदाइ गर्न नागरिकलाई आग्रह गरेको छ। बारम्बार सूचना निकाल्दा पनि भीडभाड कम नभएपछि विमानस्थलले फेरि यो नियम पालना गर्न सबैमा अनुरोध गरेको हो। अनावश्यक भीड कम भएमा विमानस्थलको सुरक्षा व्यवस्था र सेवा प्रवाह थप प्रभावकारी हुने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *