औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २७, २०८२

काठमाण्डौँ । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई मन्त्रालयमा तानेको छ ।

औषधिको मूल्य वृद्धि गरेको उजुरी परेपछि अनुसन्धानमा परेका ढकाललाई मन्त्रालय तानिएको हो ।

त्यसबारे प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त उजुरीबारे अनुसन्धान गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले त्यसबारे अध्ययन गरेर सात दिन भित्र प्रतिवेदन पेश गर्न तीन सदस्य समिति गठन गरेको थियो ।

तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले २०८० साल जेठ १७ गते भरत भट्टराईलाई हटाउँदै ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशक बनाएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *