|
२०८२ चैत्र २७
नेपाली संसद्को संयुक्त इतिहासमा अर्को एउटा महत्त्वपूर्ण दिन थपिँदैछ। आज चैत्र २७ गते शुक्रबार, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) लाई सम्बोधन गर्नेछन्।
संवैधानिक मर्यादा र अभ्यासलाई पछ्याउँदै हुन लागेको यो सम्बोधनमा सहभागी हुन संसद्का सम्पूर्ण माननीय सदस्यहरूलाई निम्तो दिइसकिएको छ। शुक्रबार अपराह्नको यो बैठकमा राष्ट्रपतिले देशको वर्तमान अवस्था र आगामी दिशाका बारेमा महत्त्वपूर्ण सन्देश दिने अनुमान गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्