मेष
आज काममा केही ढिलाइ हुन सक्छ, तर धैर्य र निरन्तरताले अन्ततः सफलता दिलाउनेछ। व्यापारमा फाइदा देखिन्छ भने विद्यार्थीहरूले ध्यान केन्द्रित गर्नु आवश्यक छ। प्रेम सम्बन्धमा विश्वास कायम रहनेछ। शुभ रंग: सेतो | शुभ अंक: ७
वृष
आर्थिक स्थितिमा सुधार आउने संकेत छ। व्यापारमा गरिएको लगानी लाभदायक बन्न सक्छ। विदेश यात्राको अवसर मिल्न सक्छ तर स्वास्थ्यतर्फ विशेष गरी कान सम्बन्धी समस्या देखिन सक्ने हुँदा सचेत रहनुहोस्। शुभ रंग: निलो | शुभ अंक: ४
मिथुन
परिवारमा खुसीको माहोल बन्नेछ। आफन्तजनबाट सहयोग प्राप्त हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो छ। मेहनतले समस्याहरू समाधान हुनेछन्। शुभ रंग: सेतो | शुभ अंक: २
कर्कट
सरकारी काममा सफलता मिल्ने संकेत छ। साथीभाइको सहयोगले मनोबल बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ तर पुरानो रोग भएका व्यक्तिले सावधानी अपनाउनु उचित हुनेछ। शुभ रंग: पहेंलो | शुभ अंक: ४
सिंह
कार्यस्थलमा चुनौती आउन सक्छ तर त्यसले तपाईंको क्षमता बढाउनेछ। विद्यार्थीहरूका लागि बौद्धिक विकासको राम्रो अवसर छ। रोकिएका काम सम्पन्न हुँदा उत्साह बढ्नेछ। शुभ रंग: सुन्तला | शुभ अंक: ३
कन्या
नयाँ योजना सुरु गर्न हतार नगर्नु राम्रो हुनेछ। उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको प्रभाव बढ्नेछ। स्वास्थ्यमा मौसमको असर पर्न सक्छ। शुभ रंग: सेतो | शुभ अंक: ६
तुला
अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्। पारिवारिक विवादको सम्भावना भएकाले संयमित व्यवहार आवश्यक छ। प्रियजनसँग भेटघाटले मन खुसी हुनेछ। शुभ रंग: हरियो | शुभ अंक: २
वृश्चिक
आफन्तको साथ र सहयोगले काममा नयाँ ऊर्जा मिल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। शुभ रंग: कलेजी | शुभ अंक: ५
धनु
आजको दिन उत्साहपूर्ण रहनेछ। काममा सफलता र आर्थिक लाभका अवसरहरू देखा पर्नेछन्। प्रतियोगितामा सफलता मिल्ने संकेत छ। शुभ रंग: रातो | शुभ अंक: ७
मकर
काममा धेरै मेहनत गर्नु पर्ने देखिन्छ। आर्थिक लाभ सामान्य रहला। थकान महसुस हुन सक्छ, त्यसैले खानपान र विश्राममा ध्यान दिनुहोस्। गोपनीय कुराहरू बाहिरिन सक्ने सम्भावना छ। शुभ रंग: केसरी | शुभ अंक: ६
कुम्भ
लामो यात्राको योजना अघि बढ्न सक्छ। रोकिएको रकम प्राप्त हुने सम्भावना छ। व्यापारमा राम्रो लाभ मिल्नेछ र भौतिक सुविधा बढ्नेछ। शुभ रंग: पहेंलो | शुभ अंक: १
मीन
साहसिक निर्णय लिन उपयुक्त समय हो। नेतृत्व क्षमता बढ्नेछ। कार्यक्षेत्रमा माथिल्लो तहका व्यक्तिहरूबाट सहयोग पाइनेछ। पिताको स्वास्थ्यप्रति चिन्ता रहन सक्छ। शुभ रंग: खैरो | शुभ अंक: ५

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्