फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्रीले भने म आफैं ठगिएँ, कानुनी उपचारमा जान्छु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २३

काठमाडौं । फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ आफैं ठगिएको तथ्य सार्वजनिक भएको छ । भ्रष्टाचार र ठगीविरुद्ध कडा अभियान चलाइरहेका मन्त्री गुरुङले पोखरामा व्यवसाय सञ्चालनका लागि लिएको जग्गा नै अतिक्रमण क्षेत्रमा परेको खुलेपछि उक्त अवस्था बाहिर आएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल क्षेत्रमा बनेका अतिक्रमित संरचना हटाउने अभियान चलिरहेकै बेला करिब ८–१० वर्षअघि लिजमा लिएको जग्गा ६५ मिटर मापदण्डभित्र पर्ने जानकारी पाएपछि मन्त्री गुरुङ ठगिएको निष्कर्षमा पुगेका हुन् ।

युवा उद्यमीका रूपमा ‘एड्भेन्चर स्पोट्र्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले मन्त्री गुरुङसहित तीन जना साझेदारले उक्त जग्गा भाडामा लिएका थिए । तर जग्गाधनीले सो जग्गा मापदण्ड बाहिर रहेको र लालपुर्जा सुरक्षित रहेको भन्दै झुक्याएर सम्झौता गराएको मन्त्री गुरुङको भनाइ छ । पछि महानगरपालिकाबाट बुझ्दा उक्त जग्गा अतिक्रमित क्षेत्रमा पर्ने पुष्टि भएपछि उनले नैतिकताका आधारमा लगानी तथा निर्माण कार्य रोकेको बताएका छन् । आफ्नो लगानी र योजनामाथि ठगी भएको भन्दै मन्त्री गुरुङले अब कानुनी उपचार खोज्ने स्पष्ट पारेका छन् ।

आफूहरूमाथि भएको अन्यायविरुद्ध कानुनी प्रक्रियामार्फत अघि बढ्ने उनको दृढता छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *