|
२०८२ चैत्र २१
काठमाडौँ, चैत्र २१ : निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्न लागेको छ। आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो।
राष्ट्रिय परिचयपत्र (नेपाः आईडी) प्राप्त नागरिकले अनलाइनमार्फत विवरण प्रविष्ट गरी आफ्नो नाम दर्ता गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्र नबनाएकाले ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत फोटो, औँठाछाप र जैविक विवरणसहित फाराम भर्नुपर्नेछ।
प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत पनि व्यक्तिगत रूपमा नाम दर्ता सम्भव हुनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्