हमासले गाजा व्यवस्थापनका लागि नयाँ समिति गठन गर्ने प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २१

हमासले गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो चरण कार्यान्वयन गर्न प्रशासनिक समिति गठनको प्रस्ताव अघि सारेको छ।

यो प्रस्ताव हमासको प्रतिनिधिमण्डलले काहिरो भ्रमणपछि जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतिनिधिमण्डलको नेतृत्व गाजाका प्रमुख खालिल अल–हैय्याले गरेका थिए। भ्रमणको क्रममा हमासले इजिप्टियाली अधिकारी, मध्यस्थकर्ता र अन्य समूहहरूसँग बैठक गर्दै सम्झौताका सबै चरणहरू कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

हामासले मानविय सहयोग निरन्तर सुनिश्चित गर्नु, भौतिक शान्ति कायम राख्नु र प्रारम्भिक पुनर्निर्माण तथा राहत कार्यलाई सहज बनाउनु आवश्यक भएको बताएको छ। प्रतिनिधिमण्डलले नजिकैका दिनहरूमा काहिरोमा पुनः वार्ता सुरु गर्ने आमन्त्रण प्राप्त गरेको पनि जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *