प्रलोपाबाट सुदन किरातीले किन दिए राजीनामा ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाण्डौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले राजीनामा दिएका छन् । किरातीले बिहीबार पदबाट राजीनामा दिएका हुन् ।

किरातीले राजनीतिमा नैतिकता र जिम्मेवारी महत्त्वपूर्ण हुने भन्दै आफ्नो पदबाट राजीनामा दिएको प्रस्ट पारेका छन् । उनले बुधबार सम्पन्न परिषद् बैठकमा सहभागी नभई राजीनामा स्वीकृतिका निम्ति अर्को पत्र पठाएका थिए ।

किरातीले प्रलोपाबाट राजीनामा दिएसँगै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चा चुलिएको छ ।

‘पछिल्लो राजनीतिक परिस्थितिपछि विभिन्न शक्तिसँग छलफल भइरहेको तर गत निर्वाचनमा सुनसरी १, भोजपुर र खोटाङमा औपचारिक समर्थन श्रम संस्कृति पार्टीलाई गरेका कारण श्रम संस्कृति सहितका शक्तिहरूसँग ध्रुवीकरण हुने सम्भावना अलि बलियो भन्ने चर्चा स्वाभाविक हो’ किराती निकट श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *