|
२०८२ चैत्र १७
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेश केन्द्रित नेताहरूसँग संवाद सुरु गरेका छन् । मंगलबार उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर र आजपाका अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।
भेटमा वर्तमान राजनीतिक अवस्था, मधेशको विकास र प्राथमिकताका योजनाबारे छलफल भएको छ। समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा सबै पक्ष सहमत भएका छन् ।
साहसँगको भेटमा सरकारले मधेशलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, देशमा देखिएको परिवर्तनको चाहनालाई आत्मसात् गर्दै सहकार्यमा अघि बढ्ने सहमति भएको बताइएको छ ।
भेटका क्रममा सरकारले राम्रो काम गरे समर्थन र कमजोरी भए खबरदारी गर्ने धारणा पनि राखिएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्