इन्जिनियर बालेनले शासनसत्ताको बागडोर सम्हाल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १३

काठमाण्डौँ । रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनले केहीबेरमै पद तथा गोपनीयताको शपथ लिँदै औपचारिक रूपमा सरकारको नेतृत्व सम्हाल्नेछन् ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट निर्वाचित शाह पहिलो पटक संसद् प्रवेश गर्दैै प्रधानमन्त्री बनेका हुन् । करिब दुईतिहाइ बहुमतसहित उनले संविधानको धारा ७६ (१) अनुसार सरकार गठन गरेका छन् ।

३६ वर्षीय शाह इन्जिनियर, र्‍यापर र पूर्व काठमाडौं महानगरका मेयर हुन् । २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर जितेपछि उनी राष्ट्रिय राजनीतिमा उदाएका थिए ।

युवा पुस्तामाझ लोकप्रिय शाहले डिजिटल सरकार, रोजगारी सिर्जना र विकेन्द्रित शासनलाई प्राथमिकतामा राख्दै विकासमुखी एजेन्डा अघि सार्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *