देशमा कर्मचारीतन्त्र हाबी भएको सांसद महावीर पुनको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १२

काठमाडौँ । पूर्व शिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले देशमा कर्मचारीतन्त्र हाबी भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले अबका दिनमा ऐन, कानुन तथा नियमावली बनाउने काम दूरदृष्टि भएका सांसद र सम्बन्धित क्षेत्रका विज्ञहरूले नै गर्नुपर्ने बताएका हुन् ।

पुनका अनुसार अहिलेसम्म कानुन बनाउने अधिकांश काम उपसचिव र सहसचिवहरूले गर्छन्, जसले दूरदृष्टि भएका नेता र विज्ञहरूको कुरा पटक्कै सुन्दैनन् । ‘देशमा कर्मचारीतन्त्र हाबी हुनुको प्रमुख कारण यही हो,’ उनले लेखेका छन्, ‘यो मैले आफैँले धेरै पटक भोगेको एकदमै तितो अनुभव हो ।’

उनले कर्मचारीको काम विज्ञले तयार पारेको विषयलाई कानुनको ढाँचामा मिलाउने मात्र हुनुपर्नेमा जोड दिएका छन् । नीति निर्माणमा कर्मचारीतन्त्रको बढी हस्तक्षेप हुँदा देशले सही गति लिन नसकेको उनको आशय छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *