रवि लामिछानेको दाबीः ‘जेन–जी आन्दोलनमा हाम्रो कुनै हिंसात्मक संलग्नता छैन’

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ११, २०८२

काठमाडौँ । रास्वपासभापति रविलामिछानेले जेन–जी आन्दोलनअन्तर्गत भदौ २४ मा भएको घटनामा आफू र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै संलग्नता नरहेको बताएका छन् ।

उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानमा पार्टीले कुनै पनि हिंसात्मक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको स्पष्ट पारेका छन् ।

लामिछानेले नख्खु कारागारबाट आफू इच्छाविपरीत बाहिर निस्कनुपरेको उल्लेख गर्दै भीडको दबाबका कारण बाहिरिएको दाबी गरेका छन् । उनले भीडलाई शान्त रहन र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेको पनि बताएका छन् ।

उनका अनुसार कारागार प्रशासनले औपचारिक प्रक्रिया पूरा नगरी भीडको जिम्मा लगाएर बाहिर पठाएको थियो । पछि सुरक्षाको प्रत्याभूति पाएपछि उनी भदौ २८ मा पुनः कारागार फर्किएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *