कञ्चनपुर कारागारमा चिर्पट प्रहार हुँदा थुनुवा घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ८

काठमाण्डौँ । कञ्चनपुर कारागारमा रहेका थुनुवाबीच विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा वेदकोट नगरपालिका—९ घर भएका गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमबहादुर शाहीले जानकारी दिए ।

कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ घर भएका थुनुवा भुवन ऐरले चिर्पट प्रहार गरेको डीएसपी शाहीले बताए ।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *