|
२०८२ चैत्र ७
काठमाडौँ — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँगको जारी द्वन्द्व अपेक्षाभन्दा छिट्टै अन्त्य हुने दाबी गरेका छन्। उनको यो अभिव्यक्तिसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायललाई इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आग्रह गरेको बताएका छन्, जसले बजारमा केही स्थिरता ल्याएको विश्लेषकहरूको भनाइ छ।
युद्ध चौथो हप्तामा पुग्दा पनि खाडी क्षेत्र तनावग्रस्त नै रहेकाले लगानीकर्ता सतर्क छन्। यद्यपि नेतान्याहूको भनाइले द्वन्द्व चाँडै अन्त्य हुन सक्ने आशा बढाएको छ।
यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अन्तर्राष्ट्रिय समन्वयमार्फत समाधान खोज्ने पहल भइरहेको बताएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्