कांग्रेसभित्र मतभेद चुलिँदै, यादवमाथि कारबाहीको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ६

काठमाण्डौँ । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका श्यामबाबु गुप्ताले पनि जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन् ।

उनले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति यादवसहित सात जनामाथि अनुशासनको कारबाही माग गर्दै केन्द्रमा निवेदन दिएका छन् ।

उम्मेदवार गुप्ताको उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र संविधानसभा सदस्य शोभाकर पराजुलीको नाम पनि उल्लेख छ ।

यस्तै क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा–४ ९ख० का सभापति सुमनकुमार भट्टराई र जितपुर–सिमरा नगरकार्यसमिति सभापति छाबिलाल शर्मा माथि पनि कारबाही गरिनुपर्ने उनको माग छ ।

यसअघि बारा–२ का उम्मेदवार रहेका भैयाराम प्रसाद यादवले पनि जिल्ला राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्न माग गरेका थिए ।

त्यसअघि बारा सभापतिसहितका १६ जनालाई निर्वाचनमा अन्तर्घात गरेको दाबीसहित बारा–३ को क्षेत्रीय कार्यसमितिले पनि केन्द्रसमक्ष सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *