|
२०८२ चैत्र ५
नेपालगञ्ज – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा सुधार र समन्वयका कारण प्रणाली विस्तारै लयमा फर्किएको बताएका छन्। उनले बाँकेका कानुन व्यवसायीसँगको छलफलमा मिसिल पुनःस्थापना, अदालतमा नकारात्मक दृष्टिकोणको समीक्षा, र कानुन व्यवसायीको भूमिका महत्वपूर्ण भएको बताए।
सर्वोच्च अदालतमा करिब २० हजार मिसिल जलेको अवस्थामा हालसम्म १९ हजार पुनःस्थापित गरिएको उनले जानकारी दिए। प्रधानन्यायाधीश राउतले अदालत र कानुन व्यवसायी दुवैले समयानुकूल परिवर्तन आवश्यक रहेको जोड दिए।
कानुन व्यवसायीहरूले मुद्दा मिसिल नहुँदा सुनुवाइ ढिलाइ हुने, बालबालिकासम्बन्धी मुद्दामा असर पर्ने, र न्याय पहुँचमा समस्या हुने गुनासो गरेका थिए। त्यस अवसरमा अधिवक्ता वसन्त गौतमले सार्वजनिक सरोकारका महत्वपूर्ण फैसलाहरू प्रधानन्यायाधीशलाई प्रदान गरे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्