आजको राशिफल विशेष: नयाँ दृष्टिकोणमा २०८२ चैत्र ५ बिहीबार

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ५, २०८२

मेष

आज धैर्य राखेर अघि बढे सफलता पक्का छ। परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य सामान्य राम्रो रहे पनि खानपानमा ध्यान दिनुपर्छ। रोजगारीका अवसरहरू पनि देखा पर्नेछन्।
शुभ रंग: हरियो | शुभ अंक: २

वृष

आर्थिक पक्षमा सजगता आवश्यक छ। प्रेम सम्बन्धमा समझदारी बढाउनुपर्नेछ। वरिष्ठ व्यक्तिबाट सहयोग पाइनेछ। स्वास्थ्यले साथ दिनेछ।
शुभ रंग: केशरी | शुभ अंक: १

मिथुन

व्यवसाय वा जागिरमा उतारचढाव देखिन सक्छ। नयाँ योजना बनाएर अघि बढ्दा सफलता मिल्नेछ। साथीहरूको साथ मिल्नेछ।
शुभ रंग: निलो | शुभ अंक: ५

कर्कट

नयाँ लगानीको अवसर आउन सक्छ। धार्मिक कार्यतर्फ रुचि बढ्नेछ। उच्च शिक्षामा नयाँ सम्भावना देखिनेछ। भाग्यले साथ दिनेछ।
शुभ रंग: सेतो | शुभ अंक: ४

सिंह

कार्य सफलताले अहंकार बढ्न सक्छ—सावधान रहनुहोस्। समयअनुसार चल्न नसके पछि पर्न सकिन्छ। राजनीतिक प्रभाव बढ्ने संकेत छ।
शुभ रंग: खैरो | शुभ अंक: २

कन्या

आत्मविश्वास बढ्नेछ र नेतृत्व क्षमता विकास हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ। व्यापारमा लाभ हुने देखिन्छ।
शुभ रंग: निलो | शुभ अंक: ३

तुला

दैनिक काममा राम्रो फाइदा हुनेछ। पहिलेको काम पुनः गर्नुपर्ने अवस्था आउन सक्छ। अवसरवादी व्यक्तिबाट टाढा रहनुहोस्।
शुभ रंग: हरियो | शुभ अंक: ५

वृश्चिक

शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। प्रभावशाली व्यक्तिको सहयोगले योजना सफल बन्नेछ। प्रेम सम्बन्ध सुदृढ रहनेछ।
शुभ रंग: खैरो | शुभ अंक: १

धनु

लक्ष्य प्राप्तिका लागि केही त्याग गर्नुपर्नेछ। संघर्ष बढ्न सक्छ। पारिवारिक असमझदारी र आमाको स्वास्थ्यप्रति चिन्ता रहन सक्छ।
शुभ रंग: गुलाबी | शुभ अंक: ६

मकर

रचनात्मक काम सफल हुनेछ र आर्थिक लाभ मिल्नेछ। घुमफिर र मनोरञ्जनमा समय बित्नेछ। मेहनतले सफलता दिलाउनेछ।
शुभ रंग: कलेजी | शुभ अंक: ३

कुम्भ

कला र साहित्यमा प्रगति हुनेछ। परिवार वा आफन्तसँग रमाइलो जमघट हुनेछ। आफ्नो अधिकार जोगाउन सफल भइनेछ।
शुभ रंग: रातो | शुभ अंक: ७

मीन

वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी हुनेछ। पुरानो मेहनतको फल प्राप्त हुनेछ। योजनाहरू समयमै पूरा हुनेछन्।
शुभ रंग: बैजनी | शुभ अंक: ९

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *